विन्दवासिनी–३ मा प्रदेशसभा सदस्य क्षेत्रीले विद्यालयको दुई कोठे भवनको गरे शिलान्यास


वीरगंज ८ जेठ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठी स्थित श्री रामपृत रामस्वरुप चौरसिया माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माणका लागि सोमबार शिलान्यास सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले आफ्नो संसदीय विकास कोषबाट उपलब्ध गराएको ९ लाख ९० हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण गर्न लागिएको जनाईएको छ ।
प्रदेशसभा सदस्य क्षेत्रीले सो भवनको विधिवत रुपमा पूजापाठ गरि शिलान्याश गरेका हुन् । विधालयमा कोठाको अभावमा विद्यार्थीको पठनपाठनमा समस्या भएपछि प्रदेशसभा सदस्य क्षेत्रीले दुई कोठे भवन निर्माणका लागि आफनो संसदीय कोषबाट सो रकम उपलब्ध गराएको नेपाली कांग्रेसका बिन्दवासिनी गाँउपालिकाका सभापति विवेक चौरसियाले जानकारी दिए ।
सो शिलान्याश कार्यक्रममा बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसिया, वडा नम्बर ४ का वडाध्यक्ष अनोज चौरसिया, वडा नम्बर २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, रामचन्द्र चौरसिया, छठुलाल प्रसाद चौरसिया, सन्तोष चौरसिया, अजय कुमार गुप्ता, मुनिलाल तत्वा, विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतो, नन्दु प्रसाद यादव , राजेश्वर चौरसिया लगायतको सहभागिता रहेको थियो ।





