शिक्षा

    राष्ट्रसेवक आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

    नवलपुर टुडे
    २०८० जेष्ठ ८ | मध्यान्ह ०८:०२ बजे

      नन्द किशोर कुर्मी
      बिजयनगर जेष्ठ ८ । कृष्णनगर नगरपालिकाकाे वडा नम्बर १० बकौलीमा अवस्थित राष्ट्रसेवक आधारभूत विद्यालय बकौलीमा छात्रवृत्ति वितरण गरिएको छ ।

      उक्त विद्यालयमा अध्ययनरत ८५ जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक जगदीश गिरीले नवलपुर टुडेलाई जानकारी दिए ।

      साेमबार वडा अध्यक्ष हरिपाल चतुर्वेदीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सो बिद्यालयमा १६९ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

      विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हाे ।

      photo 2023 05 22 20 09 41photo 2023 05 22 20 09 46

        कमेन्टहरु