सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अबरुद्ध

नवलपुर टुडे
२०८० जेष्ठ ८ | मध्यान्ह ०३:०२ बजे

चितवन, जेठ ८ । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।
आज दिउँसो २ः३५ बजेको समयमा सडकखण्डको इच्छाकामना गाँउपालिका – ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पहिरो पन्छाएर बाटो खुलाउने काम भईहेको प्रहरीले जनाएको छ ।





