बलात्कारको आरोपमा दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख पक्राउ

नवलपुर टुडे
२०८० जेष्ठ ८ | मध्यान्ह ०१:०२ बजे

दाङ, जेठ ८ । दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा गौतमलाई लमही नगरपालिका – ५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएको हो । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।
पक्राउ परेका गौतम नेपाली कांग्रेसका जिल्ला सदस्य, देउखुरी बहुमुखी क्याम्पसका हालका प्राध्यापक तथा सञ्चालक समितिका कोषाध्यक्षसमेत हुन् ।





