समाचार

    प्यूठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

    नवलपुर टुडे
    २०८० जेष्ठ ८ | बिहान १०:०२ बजे
    फाइल तस्बिर

      प्युठान, जेठ ८ । प्यूठानको स्वर्गद्वारी नगरपालिका – २ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएको छ ।

      जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो । सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

      नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो रु त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाइएको छ ।

        कमेन्टहरु