ग्यास बोकेको ट्रकले ठक्कर दिँदा चितवनमा स्कुटर चालकको मृत्यु


चितवन । चितवनमा ग्यास बोकेको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् ।
पुर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका- १२ स्थित टिकौली जंगलमा आज टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ग्यास सिलिण्डर बोकेको ना ४ ख ६६७४ नम्बरको ट्रकले सोही तर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का २० बर्षिय सागर तामाङ रहेको छन् । गम्भिर घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पछाडि सवार भरतपुर महानगरपालिका ११ कै २० बर्षिय विशान्त ढकालको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
उनको उपचार भरतपुर अस्पतालमा भैरहेको छ । सवारी दुर्घटनाका कारण खुल्न सकेको छैन्। ट्रक सडकको छेउमा पल्टिएको छ । ट्रक चालक तनहुँका ५० बर्षिय ढक बहादुर गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाइको छ।





