समाचार, समाज

    फर्मा क्लब वीरगंजको अध्यक्षमा गिरी निर्वाचित

    रंजित चौरसिया
    २०८० जेष्ठ ७ | मध्यान्ह १२:०२ बजे

      वीरगंज ७ जेठ । फर्मा क्लब वीरगंजको नयाँ कार्य समिति गठन भएको छ । शनिवार वीरगंज महानगरपलिका वडा नं. ११ श्रीपुर स्थिती धर्मशलामा निर्वाचनको आयोजना गरी १८ सदसीय कार्य समिति गठन गरीएको निर्वाचन अधिकृत अनवर आलमले बताएका छन् ।

      निर्वाचन अधिकृत आलमका अनुसार फर्मा क्लब वीरगञ्जको कुल मत संख्या २४७ रहेको र खसेको मत २०२ रहेको जसमध्य ९ मत बदर भएको थियो । कुल मतको ८१.७८ प्रतिशत मत खसेको उनको भनाई छ ।
      अध्यक्ष पदमा निरज कुमार गिरी र बलराम साहको उमेदवारी रहेको थियो । जसमध्य गिरी १३७ मत प्राप्त गरी विजयी भएका छन् भने साह ५६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा रमन भुडेर यादव, सचिवमा अफताब अंसारी, सह–सचिवमा प्रियांका झा, निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष पदमा बृज किशोर यादव र सोनुनाथ तिवारीको उमेदवारी रहेको थियो । जसमध्य यादव १२४ मत प्राप्त गरी विजयी भएका छन् भने तिवारी ७२ मत प्राप्त गरेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा सदिक्षा बिष्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

      मतदान अधिकृत शशीकान्त चौधरी र भरत साहको रोहबरमा निर्वाचन शान्ति पूर्वक सम्पन्न भएको छ । निर्वाचनमा शान्ति सुरक्षाका लागी वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी सहायक निरिक्षको कमाण्डमा प्रहरी टोली समेत खटिएको थियो ।

        कमेन्टहरु