कर्णाली प्रदेश

    स्वर्गको एक टुक्रा रारा ताल: यो प्राकृतिक सुन्दरताबाट नलोभिने को होला र ?

    नवलपुर टुडे
    २०८० जेष्ठ ६ | मध्यान्ह ०७:०२ बजे

      बुटवल । नेपालको सबै भन्दा ठूलो र गहिरो रारा ताल मुगु जिल्लाको छायाँनाथ नगरपालिका–९ मा पर्छ । यसको सुन्दरता देख्दा स्वर्गकी अप्सरा उपनाम भन्दा पनि कम नहुने त्यहाँ पुग्ने हरेक पर्यटकले बताउने गर्छन । यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको नेपालकै ठूलो तथा गहिरो ताल रारालाई विश्वका विभिन्न मुलुकमा चिनाउन र स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि यसलाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकास गराउन सके यसले कर्णालीकै मात्र नभई देशकै मुहार फेरिने छ ।

      मुगु जिल्लाको छायाँनाथ नगरपालिका–९ मा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । यो ताल समुद्री सतहबाट २ हजार ९ सय ९० नब्बे मिटरको उचाईमा रहेको छ । दश–आठ वर्ग किलो क्षेत्रफलमा फैलिएको सो तालको लम्बाइ पाँच, चौडाइ तीन र गहिराई १६७ किमी रहेको छ । यस तालको पानी एक दिनमा पनि फरक-फरक रङ्ग देखिने यसको प्राकृतिक विशेषता हो ।

      photo 2023 05 20 19 33 37

      घाम लागेको समयमा निलो रङ, कम घाम लागेको समयमा हल्का निलो र बादल लागेको समयमा धमिलो देखिने गरेको स्थानीयवासी बताउँछन् । त्यहाँ पर्यटकहरु घोडा चढेर ताल बाहिर घुम्ने गर्दछन् । दिउँसो धेरै हावा चल्ने गरेका कारण त्यहाँ पुग्ने पर्यटक बिहान ८ देखि साँढे ११ बजेसम्ममा ढुङ्गा चढेर जलविहार गर्दछन् ।

        कमेन्टहरु