समाचार

    चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०८० जेष्ठ ६ | मध्यान्ह ०२:०२ बजे
    फाइल तस्बिर

      चितवन, जेठ ६ । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

      मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो । 

      यस्तै गैंडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते छन् । रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ । रासस

        कमेन्टहरु