देश

    रौतहटमा छुरा प्रहार गरी एक पुरुषको हत्या

    नवलपुर टुडे
    २०८० जेष्ठ ६ | बिहान ०८:०२ बजे

      रौतहट, जेठ ६ । रौतहटमा छुरा प्रहारबाट एक पुरुषको हत्या भएको छ । गौर नगरपालिका – ७ सिसवा गाउँका ५० वर्षीय यार महदम खानको गए राति हत्या भएको हो ।

      सोही गाउँकै ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । गए राति १० बजे उनीहरु दुई जनाबीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए । पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

      घटनाको खबर हुनासाथ प्रहरी टोली घटनास्थलमा पुग्दा आरोपी कबीर फरार भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिए । हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले बताए । 

      मृतक खानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

        कमेन्टहरु