समाज

    नागरिक उन्मुक्ति पार्टीले स्थगित गर्‍यो नेपाल बन्द घोषणा कार्यक्रम

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | मध्यान्ह ०७:०२ बजे

      काठमाण्डौ, जेठ ५ । नागरिक उन्मुक्ति पार्टीले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम स्थगित गरेको छ । 

      पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको जनाइएको छ ।

      विज्ञप्तिमा भनिएको छ, ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्‍यूले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिबद्धता संसदमै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।’

      photo 2023 05 19 19 41 28

        कमेन्टहरु