नवलपुरको कावासोतीमा ट्रकसहित अबैध सामान नियन्त्रणमा


कावासोती, जेठ ५ । पुर्वी नवलपरासी प्रहरीले ३० लाख भन्दा बढिको अबैध सामान बरामद गरिएको छ । शुक्रबार बिहान १० बजे कावासोती नगरपालिका- १६ चालीस किलो जंगलस्थित पूर्व पश्चिम राजमार्गमा चेकजाँच गर्नेक्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ५०७७ नं. को ट्रकमा उक्त मुल्य बराबरको अबैध सामान ट्रकसहित नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको ट्रकमा अबैध सामान, लेडिज चप्पल ३ वोरामा ३३६ जोर प्रति जोर रु. २५०/- का दरले रु. ८४ हजार, नाईट ड्रेस (लेडिज) ७७ पिस प्रति पिसको रु. ३५० का दरले रु.२६ हजार ९ सय ५०, मेक्सी लेडिज १२८ पिस प्रति पिसको रु. १५० का दरले रु.१९ हजार २ सय, चस्मा १२९ कार्टुन प्रति कार्टुन रु. १,०००।– का दरले रु. १ लाख २९ हजार, मोविल १ लिटर दरको ५० कार्टुन १ कार्टुनमा २० का दरले १००० पिस प्रति पिस रु. १,०००।– का दरले रु. ५ लाख, गलैचा ७ बोरामा ११० पिस प्रति पिस रु. ७०० का दरले रु.७७ हजार, जुत्ताको कच्चा कपडा १० बोरा प्रति बोरा रु. ३०००।– का दरले रु. ३० हजार, ना ४ ख ५०७७ नं. को ट्रक अन्दाजी मुल्य रु. २२ लाख गरी कुल जम्मा रु. ३० लाख ६६ हजार १ सय ५० बरावरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिए ।
उक्त सामान प्र.ना.नि.नरेन्द्र बि.क.को कामण्डमा खटिएको चेकिङ टोलीले बरामद गरिएको हो । ४५ बर्षका ट्रक चालक तुलबहादुर घर्तीले चलाएको उक्त ट्रकमा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको अबस्थामा प्रहरीले नियन्त्रणमा लिईएका हुन । बरामद अबैध सामान ट्रकसहित कारबाहीका लागि भन्सार कार्यालय त्रिवेणी पठाईएको पाठकले बताए ।





