समाचार

    मनगढन्ते कुरा लेख्ने, अफवाह फैलाउने काम बन्द गर्न धोबीलाई प्रेस काउन्सिलको कडा निर्देशन

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौ । कपिलवस्तुमा रहेर पत्रकारीता गर्दै आएका शनीउल्लाह धोबीलाई प्रेस काउनसिल नेपालले सचेत गराइदै निर्देशनात्मक पत्र काटेको छ ।

      बिगतमा एकपक्षीय र असन्तुलित समाचार सम्प्रेषण गरेर बिबादित बन्दै आएका धोबीले यही जेष्ठ २ गते चलानी नम्बर ७९९ को प्रेस काउन्सिल नेपालको पत्रको पनि दुरुपयोग गर्दै सामाजिक सन्जालमा पोस्ट गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सन्जालमा मनगढन्ते कुरा लेख्ने, अफवाह फैलाउने जस्ता कार्य नगर्न निर्देशन दिदै प्रेस काउन्सिल नेपालले सचेत गराएका हुन ।

      नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व कोषाध्यक्ष दिपक खड्काले पनि उक्त विषयमा उजुरी दिएको र उजुरी दर्ता भएकोसमेत प्रेस काउन्सिल नेपालले पत्रमार्फत जानकारी दिएको छ ।

      प्रेस काउन्सिलले शनि उल्लाह धोबीको गतिविधि बारे अनुसन्धान गरिरहेको अवस्थामा पत्रकार धोबीले प्रेस काउन्सिलको पत्र दुरुपयोग गर्दै सत्यको जीत भएको भनी भ्रम छरेर सामाजिक सन्जाल र बिभिन्न अनलाइनमा समाचार प्रकासित गराएर शेयर गरेका थिए ।

      जथाभावी लेखने धोबीलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण:
      शिवराज नगरपालिका वडा न ३ बस्ने शनि उल्लाह धोबीलाई पत्रकारहरूलाई नियगमन गर्ने सबै भन्दा ठूलो संस्था प्रेस काउन्सिल नेपालले पत्रचार गरि स्पष्टीकरण मागेको छ । पत्रकारीताको दुरुपयोग गर्दे विभिन्न समयमा व्यक्तिगत रिसिबि राखी समाचार लेख्दै आएका धोबीलाई पत्रकार आचार संहिताविरुद्ध समाचार प्रकाशन र प्रसारण गरेकोले सचेत गराइएको प्रेस काउन्सिल नेपालको पत्रमा उल्लेख छ । पटक-पटक विवादित समाचार लेख्ने धोबीविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको थियो  । पत्रकारमाझ अलोकप्रिय रहेका शनि उल्लाह धोबीले सामाजिक सद्भाव बिगार्ने गतिविधि गर्दै आएका छन् ।

      photo 2023 05 19 16 42 27

        कमेन्टहरु