देश

    बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | मध्यान्ह १२:०२ बजे

      झापा, जेठ ५ । झापामा बैंकिङ कसुर मुद्दाका फरार रहेका एकजना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

      उच्च अदालत पाटनको ०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद, सात लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

      उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

        कमेन्टहरु