देश

    आज मन्त्रिपरिषदको बैठक बस्दै

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | मध्यान्ह १२:०२ बजे
    file pic

      काठमाडौं, जेठ ५ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने तय भएको छ ।

      आजको बैठकमा सरकारले शुक्रबार संघीय संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

      नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

        कमेन्टहरु