समाचार

    नवलपुरको कपास कम्पनीमा आगलागी

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | मध्यान्ह १२:०२ बजे

      नवलपुर, जेठ ५ । नवलपुरको मध्यबिन्दु नगरपालिका – ८ चरौलीस्थित रहेको कपास कम्पनीमा आगलागी भएको छ ।

      सोही ठाउँका स्थानीय ईमान बस्नेतले संचालन गर्दै आएको कपास कम्पनीमा आज बिहान अन्दाजी पौने ११ बजे बिजुलीको तार सट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

      आगलागी भएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरीक्षक ढाकाराम लामिछानेको कमाण्डमा ५ जनाको टोली खटी गई स्थानिय, प्रहरीको सहयोगमा करिब ११:०० बजे आगो नियन्त्रणमा आएको थियो ।

      आगलागीबाट कम्पनिको भवन केही नभएको तर भित्र रहेका सम्पूर्ण सरसामनहरु जलि नष्ट भएको छ । प्रहरीका अनुसार अन्दाजी ७/८ लाख बराबरको क्षति भएको छ ।

        कमेन्टहरु