देश

    सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

    नवलपुर टुडे
    २०८० जेष्ठ ५ | बिहान ०७:०२ बजे

      काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।

      राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।    

      प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।

      प्रतिनिधि सभाको हिजोको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८÷७९’ पेस गरेका हुन् ।

      प्रतिनिधि सभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ ।

        कमेन्टहरु