समाचार

    भोलि निर्धारित ड्रेस कोडमा सदनमा उपस्थित हुन सांसदहरूलाई सभामुखको निर्देशन

    नवलपुर टुडे
    २०८० जेष्ठ ४ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

      भोलि अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सभामुख देवराज घिमिरेले बताए ।

      उनले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३:४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न निर्देशन गरे । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने बताए ।

        कमेन्टहरु