देश

    २० सांसदले यी प्रश्न सोधेका थिए प्रधानमन्त्री प्रचण्डलाई

    नवलपुर टुडे
    २०८० जेष्ठ ४ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार २० जना सांसदले प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। 

      एउटा बैठकमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भए पनि त्यसलाई निलम्बन गरी २० जनालाई अनुमति दिइएको थियो।

      सांसदका लिखित प्रश्नको जवाफ प्रमले लिखित रुपमै दिए। सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा प्रश्न गरेका थिए।

        कमेन्टहरु