देश

    तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ ३ । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले र बा ४९ प ७०१ को मोटरसाइकललाई ठक्कर दिँदा बस र मोटरसाइकल शेषमती खोलामा खसेको हो । 

      दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ता रहेका छन् । उनको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए । 

      जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो । तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए ।

        कमेन्टहरु