जापानमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ ३ | बिहान ०९:०२ बजे

जापान, जेठ ३ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
जापानी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।
जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई पछाडिबाट तिव्र गतिमा आएको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो ।
प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।





