देश

    ७५० मा पि. सि. आर. परिक्षण गर्देै नाेवेल हस्पिटल

    नवलपुर टुडे
    २०७८ बैशाख १० | मध्यान्ह ०९:०१ बजे

      बैशाष १०, बिराटनगर।
      नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने नवलपुर टुडे लाई जनाएको छ ।

      दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमै स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । मोरङ क्षेत्र नं.३ मा पथरीशनिश्चरे नगरपालिका वडा नं.१, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं.४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको वडा नं.१, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्छन् । त्यस्तै, मोरङ क्षेत्र नं.६ मा बुढिगंगा गाउँपालिकाका ७ वटै वडासहित सुन्दरहरैंचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगरपालिकाको वडा नं.४, ५, ६, ७, ११ र १२ समेटिएका छन् ।

      सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सोही अनुसार नोबेलले पनि परीक्षण गर्दै आएको छ । तर, मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने नोबेलले बैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने भएको हो ।

        कमेन्टहरु