देश

    पाल्पामा सालका अवैध काठसहित एक जना पक्राउ 

    नवलपुर टुडे
    २०८० जेष्ठ ३ | बिहान ०८:०२ बजे

      पाल्पा, जेठ ३ । पाल्पामा सालका अवैध काठसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका २, दोभानका भीमबहादुर खत्री रहेको प्रहरीले बताए ।

      तिनाउ गाउँपालिका २, दोभान हरियालीगाउँबाट बसको छतमा राखेर बुटवलतर्फ लैजाने क्रममा प्रहरीले चेकजाँच गर्ने क्रममा तिनाउ गाउँपालिका ३, पैठेडाँडाबाट खत्री पक्राउ परेका हुन् । 

      उनले लुकाईछिपाई अवैध रुपमा लैजान खोजेको सालका चिरान काठ लु २ ख ५९०३ नम्बरको बसमा राखेर लैजाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

      १८ दशमलव २ क्युफिट काठ लुकाएर रुपन्देहीको बुटवलतर्फ बिक्रीका लागि लैजान लागेको अवस्थामा पक्राउ परेको उनले बताए । दोभान प्रहरी चौकीले पक्राउ गरेका खत्री र बरामद भएको काठ डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।

        कमेन्टहरु