देश

    नेपालगञ्ज मेडिकल कलेजमा २ काेराेना संक्रमितकाे मृत्यु

    नवलपुर टुडे
    २०७८ बैशाख १० | मध्यान्ह ०७:०१ बजे

      बैशाष १०,नेपालगन्ज ।
      बाँकेमा कोरोना संक्रमण बढेसङ्गै संक्रमितहरुको मृत्यु हुने दर पनि दिनानु दिन बढेको छ । शुक्रबार दिउँसो थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

      बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट शुक्रबार राजापुर-९ बर्दिया निवासी ४२ बर्षिया पुरुष र बैजानाथ-२ बाँके निवासी ६५ बर्षिय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

      योसंगै बाँकेमा हालसम्म बाँके जिल्लाका ७० र बाहिरि जिल्लाका १०० जना गरि १ सय ७० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

        कमेन्टहरु