समाज

    इन्द्रेणी सामाजिक विकास मञ्चद्वारा विपन्न परिवारलाई सहयोग

    नवलपुर टुडे
    २०८० जेष्ठ २ | मध्यान्ह १०:०२ बजे

      प्रतापपुर, जेठ २ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा इन्द्रेणी सामजिक विकास मञ्चले अपाङ्गता भएका व्यक्ति तथाविपन्न वर्गलाई सामाग्री सहयोग गरेको छ ।

      इन्द्रेणी सामाजिक विकास मन्चकाे आयोजनामा तथा असट्रेलियन एड र युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा प्रतापपुर गाउँपालिका वडा न ७ सुर्यपुरा चोकस्थित दुर्गा मन्दिरमा वडा न १/ देखि ९ सम्मका लक्षित वर्गलाई जिबिकोपार्जन लागि सामाग्री हस्तान्तरण गरेको छ ।

      इन्द्रेणी सामाजिक मञ्चका सचिव होमराज कुँवर अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका उपप्रमुख मान कुमारी चौधरीको प्रमुख अतिथितामा सहयोग सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा बोलदै प्रमुख अतिथी चौधरीले पालिकाले विपन्न र अपाङ्ग भएका वर्गलाई जिवकोपार्जनलाई विभिन्न आयोजना परियोजनाबाट सहयोग गर्दै आएको बताए । सहयोग पाएका सामाग्रीलाई उचित रुपले प्रयोग गरि आफ्नो जिविकोपार्जन सुधार आउने आशा गरेको बताए ।

      प्रातापपुर गाउँपालिकाका निश्चित वर्गलाई सामाग्री सहयोग गरेर जीवन स्तर उकास्न सहयोग पुर्‍याउने इन्द्रेणी सामाजिक विकास मन्च र युनाईटेड मिसन टु नेपाल तथा सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो

      इन्द्रेणी सामाजिक विकस मञ्चबाट संचालित पुनर्जीवन परियोजनाबाट प्रतापपुर वडा ४ देखि ९ सम्मका अपाङ्ग भएका व्यक्ति र विपन्न १४ जनालाई ३/३ गोटा पाठी बाख्रा सहयोग गरेको हो ।

      त्यसैगरि समुदाय स्वास्थ परियोजनाबाट तरकारी खेतीका लागी १ एचपी मोटर १ जनालाई कसमेटिक पसलको टंकी निर्माणको लागि २ जनालाई सामाग्री हजाम पसल संचालन गर्नका लागी सामाग्री किराना पसलको लागि ४ जनाको लागी फ्रीज सहयोग गरेको छ ।

      सो समाग्री ८ लाख बराबरको रहेको समुदाय स्वास्थ परियोजनाका समायोजक सुर्य गैरेले बताए छ्न । उक्त कार्यक्रममा इन्द्रेणी समाजिक विकास मञ्च कार्यसमितिका सदस्य कर्मचारी धनमती सापकोटा तथा कर्मचारी र जनसमुदाय उपस्थिति रहेको थियो ।

      received 202871845910474 received 620212916687957 received 934766081167495 received 203581132537104 received 969703670697032 received 1230205787868687 1 received 574602404787012

        कमेन्टहरु