भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नवलपुर टुडे
२०८० जेष्ठ २ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं, जेठ २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशन (आइओसी) घटेको नयाँ मूल्यसूची पठाएको हो ।
जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ ।





