समाचार

    बर्दघाटबाट एघार लाख भन्दाबढी मुल्यका अबैध कपडा बरामद

    नवलपुर टुडे
    २०८० जेष्ठ २ | मध्यान्ह १२:०२ बजे

      नवलपरासी, जेठ २ । पश्चिम नवलपरासीमा भारतबाट अबैधरुपमा नेपाल ल्याईएको ११ लाख भन्दाबढी अबैध सामान प्रहरीले नियन्त्रणमा लिईएको छ । बर्दघाट नगरपालिका- ४ टिसिएन चोकस्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा मोटरसाइकलमा ल्याउदै गरेको अबस्थामा बरामद गरेको हो ।

      बरामद सामान टिसर्ट ६२७ पिस अन्दाजी मूल्य रु. ५ लाख १ हजार ६ सय, सेण्डो भेष्ट ४९० पिस अन्दाजी मुल्य रु. ४९ हजार, लेडिज कुर्था ७३४ पिस अन्दाजी मूल्य रु. ५ लाख १३ हजार ८ सय र जेन्स कुर्था ६० पिस अन्दाजी मुल्य रु. ६० हजार गरी जम्मा मुल्य रु.११ लाख २४ हजार ४ सय बराबरको रहेको छ ।

      मंगलबार बिहान ८:३० बजे बर्दघाट टिसिएन चोकस्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट.प्र.नि.बिरेन्द्र केसीको कमाण्डमा खटि गएको चेकिङ टोलीलाई देखेर उक्त सामान सोही स्थानमा छोडी मोटरसाइकल लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले नवलपुर टुडेलाई बताए ।

      उक्त सामान प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दघाटमा ल्याई आबश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाउन तयारी गरिरहेको छ । सो सामान ल्याउने कार्यमा संलग्न मोटरसाइकल तथा मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान भएरहेको समेत पाण्डेयले बताए ।

        कमेन्टहरु