समाचार

    प्रहरी हिरासतमा रहेका पूर्वसांसद शेर्पा बाथरूममा लडेर टाउकोमा चोट

    नवलपुर टुडे
    २०८० जेष्ठ २ | बिहान ११:०२ बजे
    file photo

      काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै सोमबार आफैं परिसर पुगेका पूर्वसांसद आङटावा शेर्पालाई टाउकोमा चोट लागेको छ ।

      राति बाथरूम जाँदा लडेर टाउकोमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । चोट लागेपछि शेर्पालाई उपचारको लागि वीर अस्पताल लगिएको थियो । उनलाई राति नै उपचार गरेर परिसर फिर्ता ल्याइसकेको रिजालले बताए । 

      उनी अहिले प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु