नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वसांसद आङटावा शेर्पाले गरे आत्मसमर्पण

नवलपुर टुडे
२०८० जेष्ठ १ | मध्यान्ह ०८:०२ बजे

काठमाडौ । नक्कली शरणार्थी सम्बन्धि ठगी प्रकरणमा मुछिएका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेका छन् । प्रहरी स्रोतका अनुसार उनी आज आफन्तसहित आफैँ प्रहरी कार्यालयमा पुगेका हुन् । उनीविरुद्ध गत शुक्रबार पक्राउ पूर्जी जारी भएको थियो । उनले बिचौलियाहरू पक्राउ परेपछि उनीहरूलाई भेटेर आर्थिक प्रलोभन दिई बयान प्रभावित पार्ने प्रयास गरेका थिए ।
०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । उनले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप लागेको छ । उनलाई मतियारका रुपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी पक्राउ परेसँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । अब पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा निरज मात्र फरार छन् ।





