गण्डकी प्रदेश

    नवलपुरको विनय त्रिबेणीमा बाघको आक्रमणबाट बन पाले घाईते

    नवलपुर टुडे
    २०८० जेष्ठ १ | मध्यान्ह ०१:०२ बजे

      नवलपुर, जेठ १ । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन । आइतबार साझ ५ बजेको समयमा विनय त्रिबेणी गाउँपालिका- ४ तल्लो पिदारीस्थित रहेको मणि मुकुन्द सामुदायिक बनको रेखदेखका लागि खटिएका सोही स्थानका बर्ष अन्दाजी ४० का योगबहादुर पल्ली बाघको आक्रमणले घाईते भएको हो ।

      उनले सोही स्थानमा रहेको मणि मुकुन्द सामुदायिक बनमा बन पालेको काम गर्दै आईरहेका थिए । पल्लीलाई ड्युटीको समयमा बनमा बाघले अचानक आक्रमण गरी घाईते बनाएका हुन ।

      बाघको आक्रमणबाट घाइते पल्लीलाई स्थानीयले देखेपछि उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगेको थियो । उनको बायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले बताए ।

      स्थानीयले अस्थायी प्रहरी पोष्ट सर्दीमा घाईते पल्लीको उपचारमा श्रीमती अस्पतालमै रहेको साझ ७:३० बजे मात्र प्रहरीलाई जानकारी गराएको थियो । उनको पुन: थप उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरेको हो । अहिले उनको उपचार सोही अस्पतालमा हुदैछ । अबस्था सामान्य हुँदै गएकोसमेत पाठकले बताए ।

        कमेन्टहरु