देश

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

    नवलपुर टुडे
    २०८० जेष्ठ १ | बिहान ०९:०२ बजे

      काठमाडौँ, जेठ १ । प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

      भेटका क्रममा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि जेठ १५ गते बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक प्रावधान छ । सोही विषयमा छलफल गर्न अध्यक्ष तिमिल्सिना बालुवाटार पुगेका हुन् । 

      यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने तयारी गरिएका छ । आइतबार बिहान बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको थियो । 

        कमेन्टहरु