प्रतापपुरमा सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न


खुरसेद हजाम
नवलपरासी । पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिका वडा न १ का सभाहलमा शबिबार देखि सुरु भएका सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
श्री जन जागृति अपाङ्ग संस्थाले आयोजना तथा प्रतापपुर गाउँपालिक वडा २ को वडा कार्यालयको सहयोगमा अपाङ्ग संस्था अध्यक्षको बचा रावको अध्यक्षता र वडा २ का वडा सदस्यको किशोर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सरसफाइ कार्यक्रममा बोल्दै किशोर गौतमले सरसफाइमा हाम्रो दैनिक जिवन रोगबाट बच्न तथा सरसफाइ भनेको बाहिर सफा देखिनु मात्र होइन। यसले सुस्वास्थ्यका सबै नैतिक स्तरहरूलाई समेट्छ। हामी भित्रबाट नै सफाइ रहुनु पर्छ जसले हाम्रो मस्तिष्क हृदय निरोगी तन्दुरुस्त राख्ने मद्दत गर्दछ । सार्वजनिक स्वास्थ्यको कुरा भनेको आखिरमा प्रत्येक ब्यक्ति विशेष चाहे त्यो पुरुष, महिला वा बालक नै किन नहोस्, प्रत्येकको सरसफाइमा निर्भर हुन्छ।
यद्यपि, कसै-कसैले सरसफाइ भनेको ब्यक्तिगत कुरा हो र यो अरू कसैको मतलबको विषय होइन भन्ने सोचाइ राख्छन्। याे साेचलाई हटाउदै हामी स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी छ । किनभने स्वास्थ नै मानिसको ठुलाे धन हाे । अहिले पनि कतिपय महिला पुरुष सरसफाइबाट टाढा रहेको अवस्था देखिन्छ । फोहोर फाल्ने बेवास्था मिलाएर पनि त्यसको प्रयोग भएको देखिन हाम्रो समाज अझैपनि सरसफाइको चेतनाको विकास भएको छैन जस्तो देखिन्छ हामी हाम्रो वडा बासी सरसफाइको चेतनाको बिकास हुनको निमित्त कार्यक्रम राखेका । नागरिक स्वास्थ हुनलाई सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे।
कार्यक्रममा वडा नं. १ का ८१ जना महिलाहरु र पुरुषको सहभागीता रहेको सो कार्यक्रमकाे सहजिकरण तौहिद धुनियाले प्रशिक्षण दिनु भएको को थियाे । उक्त कार्यक्रममा वडा १ वडा सचिव महिला वडा सदस्य पत्रकारलगायतका सहभागीता थियो ।
भिडियो/तस्बिर:






