देश

    न्युरो टिप्न जानेक्रममा नारायणी नदीमा डुबेर दुई जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ १ | बिहान ०८:०२ बजे

      कावासोती । नवलपुरमा नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएका छन । मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका- २ नन्दपुरस्थित कोल्हुवा बस्ने बर्ष अन्दाजी ५०/५५ को सोम बहादुर बोटे र उनको श्रीमती बर्ष अन्दाजी ४५/५० को बगरी बोटे रहेका छन ।

      उनीहरु आइतबार साझ ४:३० बजे नारायणी नदी पारी न्युरोको साग टिप्न जाने क्रममा नदीमा डुबी बेपत्ता भएका थिए । नदी तर्ने क्रममा डुबी वेपत्ता भएका बोटेको श्रीमतीलाई न्युरो टिप्न गएको निजकै साथीहरुले मृत अवस्थामा उद्धार गरेको थिए । उनको श्रीमानको शव पनि सोही स्थानमा प्र.स.नि.चित्र ब.खत्रीको कमाण्डमा २ जना र जि.प्र.का.न.प.(पूर्व) बाट प्र.नि.साजन कुमार शर्माको कमाण्डमा सोकोसहितको टोलीले संयुक्त खोजी कार्य गर्दा
      सोही स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई बताए ।

      मृतक दुबै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पोर्ट्माटमको लागि राखिएको पाठकले बताए ।

        कमेन्टहरु