राजनीति

    बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    नवलपुर टुडे
    २०८० बैशाख ३१ | बिहान १०:०१ बजे

      काठमाडौँ, वैशाख ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

      प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

      सचिवालयका अनुसार बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भइरहेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरे पनि संसदीय सुनुवाइ समिति गठन नहुँदा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

        कमेन्टहरु