बिश्व

    भारतको कर्नाटक राज्यमा कांग्रेसलाई स्पष्ट बहुमत, पराजय स्विकार्दै बिजेपीका मुख्यमन्त्रीले दिए राजीनामा

    नवलपुर टुडे
    २०८० बैशाख ३१ | बिहान ०७:०१ बजे

      नयाँ दिल्ली । भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

      शनिवार राति सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ । सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो पार्टी भएको हो । 

      यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ ।  ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ । 

      उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ सिट परेको छ ।

      कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ । अर्थात, कर्नाटकमा मतदाताले सरकारलाई दोहोरिन दिएका छैनन् ।

      कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । 

      उनले गभर्नरलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए । एजेन्सी

        कमेन्टहरु