समाचार

    बिहान ६ बजेदेखि विद्युतको हाइटेन्सन पोलमा चढेका युवक तल झरे

    नवलपुर टुडे
    २०८० बैशाख ३० | मध्यान्ह ०५:०१ बजे

      विराटनगर, वैशाख ३० । बिहान साढे ६ बजेदेखि विद्युतको हाइटेन्सन प्रशारण लाइनको पोलमा चढेका मोरङको बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी पोलबाट ओर्लिएका छन् ।

      बूढीगंगा–७ मा ‘रिटेनिङ वाल’ निर्माणमा भ्रष्टाचार भएको भन्दै निर्माणको काम तत्काल रोक्नुपर्ने माग राखी माझी उच्च भोल्टको विद्युत प्रवाह भइरहेको करिब ३० मिटर उचाइको पोलमाथि चढेका थिए । 

      गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन् । उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए । थापा धनकुटामा थिए । उक्त खबर पाएर फर्किएपछि फकाएर माझीलाई तल झारिएको हो । 

      बुढीगंगा ७ को वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही वाल निर्माणको काम गुणस्तरहीन भएको माझीको दाबी छ ।

        कमेन्टहरु