समाज

    नवलपरासीको विभिन्न स्थानमा “लागू औषध दुर्व्यसनी न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम

    नवलपुर टुडे
    २०८० बैशाख ३० | मध्यान्ह ०४:०१ बजे

      नवलपरासी, वैशाख ३० । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.५ मिनी बनकट्टीस्थित महिला सामुदायिक भवनमा “लागू औषध दुर्व्यसनी न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

      photo 2023 05 13 16 34 25

      आज बिहान वेद सिर्जनशील संस्था सुनवल नवलपरासीको आयोजना तथा सुनवल नगरपालिका वडा नं.५ को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष र सो वडामा बसोबास गर्ने अभिभावक युवा-युवती तथा संस्थासँग सम्बन्धित व्यक्तिहरु समेत गरी अन्दाजी ५० जनाको सहभागिता रहेको थियो ।

      photo 2023 05 13 16 34 23

      सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए । सो प्रशिक्षणको क्रममा पाण्डेयले लागु औषध भनेको के हो ? यसको कुलतमा कसरी लाग्छन ? प्रयोगकर्तामा देखिने लक्षणहरु के कस्ता हुन्छन ? यसको कुलतबाट बच्न के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ ? लगायतका बिषयहरुको बारेमा प्रशिक्षार्थीहरुलाई जानकारी गराइएका थिए ।

      photo 2023 05 13 16 34 28

      साथै सुनवल नगरपालिका वडा नं १२ भूमहीस्थित जनता सम्झौता बचत तथा ऋण सहकारी संस्थाको आयोजना र सुनवल नगरपालिका वडा नं १२ को सहकार्यमा वाकबाणी माध्यमिक विद्यालयमा जिल्ला प्रहारी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक बिनोद सिलवालको प्रमुख आतिथ्यतामा र सो सहकारी संस्थाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्ष्यतामा दिउँसो लागु औषध दुर्ब्योसन र साइबर अपराध दुरुपयोग बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

      photo 2023 05 13 16 34 30

      कार्यक्रममा सो संस्थामा आवद्ध सदस्यहरु तथा सदस्यहरुका बालबालिकाहरु समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा अन्दाजी सय जना मानिसहरु सहभागी रहेका थिए ।

        कमेन्टहरु