समाचार

    नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल

    नवलपुर टुडे
    २०८० बैशाख ३० | मध्यान्ह ०१:०१ बजे

      रुपन्देही । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न ९ औं अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

      अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, भुवन जिसी सहकोषाध्यक्ष चयन भएका छन् ।

      कार्यसमिति सदस्यहरुमा ललित पान्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पाण्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञानकुमारी विक निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष रेखा भुसालले जानकारी दिइन्।

      अधिवेशनको उद्घाटन समारोहमा विभिन्न शीर्षकका पुरस्कारहरु प्रदान गरिएको थियो । जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस युनियन रुपन्देहीका पूर्व सभापति रामराज पोखरेल, वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार महासंघ केन्द्रीय सदस्य तथा युनियनका पूर्वसभापति भवानी प्रसाद पाण्डेले प्राप्त गरेका छन् ।

      उक्त पुरस्कार २५ हजार राशीको रहेको छ । यसैगरी टोप शुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट नगद २० हजार राशीसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।

        कमेन्टहरु