राजनीति

    एमालेको स्थायी कमिटी बैठक बस्दै

    नवलपुर टुडे
    २०८० बैशाख ३० | बिहान ०७:०१ बजे

      काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

      बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत विषयमा छलफल गरि आगामी कार्ययोजना तय गर्नेछ । त्यसपछि जारी केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । 

      बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज सक्ने एमालेको तयारी छ ।

        कमेन्टहरु