लहानमा किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण


प्रदिप सिंह
लहान । किशोरी शिक्षा परियोजना अन्र्तगत सिरहाको भगवानपुर गाउँपालिकास्थित बालासुन्दरी माध्यमिक विद्यालयका ७४ जना किशोरीहरुलाई ‘केयर नेपाल’ को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लवको आयोजनामा विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
आज एक कार्यक्रमाकाबीच उडान सिकाई केन्द्रमा अध्ययनरत उक्त किशोरि छात्राहरुलाई कपी, कलम, पेन्सिल, औजार बक्स, सरसफाईका सामाग्रीहरुलगायत अन्य शैक्षिक तथा खेलकुदको सामाग्रीहरु वितरण गरेको केयर नेपालको प्रोग्राम एसोसिएट इन्दिरा थापाले जानकारी दिनुभयो ।

साक्षरता घोषणा नहुनु पनि एउटा दुःखको विषय भएको प्रोग्राम एसोसिएट थापाले बताउनुभयो । त्यस्तै उहाँले यस प्रकारको सामाग्रीहरु वितरणले अभिभावकहरुलाई आफ्ना किशोरीहरुलाई पढाईप्रति आकर्षित गर्ने पनि बताउनुभयो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार झाले विद्यालयका किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दा अध्ययनमा सकरात्मक उर्जा थपेको बताउनुभयो ।

त्यस्तै पालिकाका उप अध्यक्ष रेखा कुमारी यादवले शिक्षा क्षेत्रमा छात्राहरुलाई विद्यालय नपठाउँने प्रवित्ति भएकाले यसरी विभिन्न संस्थाहरुले शक्षिक सामाग्री प्रदान गर्दा शिक्षामा छात्राहरुको सहभागिता बढेर जान विश्वास गर्नुभयो । त्यसैगरी दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेस विसुङ्केका अनुसार उक्त क्लबले गरेका विभिन्न कार्यमध्ये यो एक महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा अन्य विद्यालयमा पनि यस्ता प्रकारका सहयोगहरु निरन्तर गरिने छ ।

आफ्नो वडावासी किशोरी छात्राहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा केयर नेपाल र युवा क्लवलाई ३ नं. वडा अध्यक्ष विनोद यादवले धन्यवाद व्यक्त गर्नुभयो ।





