समाचार

    गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु

    नवलपुर टुडे
    २०८० बैशाख २९ | मध्यान्ह ०५:०१ बजे

      गुल्मी, वैशाख २९ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आज शुक्रबारदेखि नेपाल एयरलाइन्सको व्यावसायिक उडान सुरु भएको छ । अब हप्ताको दुईदिन शुक्रबार र मंगलबार उडान हुनेछ ।

      निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज पहिलो व्यावसायिक उडान गरेको हो । रेसुङ्गा नगरपालिका – १० सिमिचौरमा वि.सं २०६३ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । १६ वर्षअघि देखि विमान चढेर यात्रा गर्ने सपना देखेका गुल्मेली जनताको आशा फेरी जाग्न थालेको छ ।

      २०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप कुमार ज्ञवालीले गर्नुभएको थियो । हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको छ । रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौथाई २० मिटर रहेको छ । विमानस्थलको पार्किङ ६० मिटर लम्बाइ र ३० मिटर चौथाई रहेको छ ।

      रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि विमानस्थल निर्माणको काम थालिएको थियो ।

        कमेन्टहरु