गण्डकी प्रदेश

    गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

    नवलपुर टुडे
    २०८० बैशाख २९ | मध्यान्ह ०५:०१ बजे

      पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङको निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् ।

      मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसीलाई कृषि मन्त्री, दीपेन्द्र थापालाई उद्योग मन्त्री र जीतप्रकाश आलेलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए । 

      यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

        कमेन्टहरु