देश

    बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

    नवलपुर टुडे
    २०८० बैशाख २९ | मध्यान्ह ०१:०१ बजे
    file photo

      खोटाङ । ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

      जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको बताए । ‘उनलाई फाउन्डेसनबाटै पक्राउ गरिएको हो। थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘लिखित र मौखिक उजुरी आएका छन्।’

      फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

        कमेन्टहरु