नवलपरासीको आदर्श नमूना माविमा “लागू औषध दुर्व्यसनी न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम


नवलपरासी, वैशाख २९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्थित आदर्श नमूना माध्यमिक विद्यालयको सभाहलमा “लागू औषध दुर्व्यसनी न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रमादेवी मिडिया प्रा.लि.सँगको सहकार्य र रामग्राम नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रामग्राम नगरपालिकाका उप-प्रमुख, विद्यालयका सहायक प्रधानाध्यापक, अन्य शिक्षक शिक्षिकाहरु, संचारकर्मी साथै सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत अन्दाजी ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले लागू औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेयले प्रशिक्षणको क्रममा लागु औषध भनेको के हो ? यसको कुलतमा कसरी लाग्छन ? प्रयोगकर्तामा देखिने लक्षणहरु के कस्ता हुन्छन ? यसको कुलतबाट बच्न के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ ? लगायतका बिषयहरुको बारेमा प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको थियो ।






