सिराहामा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

नवलपुर टुडे
२०८० बैशाख २९ | बिहान १०:०१ बजे

सिराहा, वैशाख २९ । सिराहामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । घाँस दाउरा गर्न जङ्गल गएका बेला भालुको आक्रमणबाट गोलबजार नगरपालिका – १० का २७ वर्षीय खिमराज सुनुवार घाइते भएका हुन् ।
गाउँ नजिकैको जङ्गलमा चार पाँच जना साथीको समूहमा घाँस दाउरा गर्न गएका बेला अचानक दुई वटा भालु आएको देखेपछि सबै जना भागे पनि सुनुवार भालुको आक्रमणमा परेको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्वबहादुर बुढाथोकीले जानकारी दिए ।
भालुको आक्रमणबाट सुनुवारको अनुहार, हात, छाती सहित शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको बुढाथोकीले जानकारी दिए ।





