संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

नवलपुर टुडे
२०८० बैशाख २९ | बिहान १०:०१ बजे

काठमाडौँ, वैशाख २९ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते सोलुखुम्बुको लिखु पिके गाउँपालिका – ३ मा जन्मिएका बस्नेत लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष समेतको जिम्मेवारी सम्हालेका थिए । कांग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । उनी वीपी कोइरालाका अनुयायी, चिन्तक, लेखकसमेत हुन् ।





