आफ्नै फाउन्डेसनका बालिकामाथि मदन राईकाे याैन दुर्व्यवहार (भिडियोसहित)


सिजपले गर्याे कारबाहीकाे माग
काठमाडौ । बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको तथ्य उजागर भएपछि बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजपले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का सञ्चालक मदन राईलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ ।
सिजपले एक विज्ञप्ति जारी गर्दै राईलाई कारबाहीका साथै पीडित बालिकाको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
कृषि विज्ञका रूपमा परिचित राईले आफैँले खोलेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको सम्बन्धी समाचार बिहीबार सेताेपाटी डटकमले प्रकाशित गरेको थियो ।
फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले किशाेरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएकाे समाचारमा उल्लेख छ ।
यस घटनाले एकातिर बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्धनका लागि नेपालले गरेको संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाको धज्जी उडाएको र अर्काेतिर अर्कोतिर पीडित बालिकामाथि परेको शारीरिक तथा मानसिक असरका कारण उनीहरूको सुन्दर भविष्य निर्माणमा गम्भीर कुठाराघात भएको सिजपले बताएकाे छ ।
‘तसर्थ खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) का सञ्चालक मदन राईलाइ कडाभन्दा कडा कानुनी कारबाहीका साथै पीडित बालिकाको संरक्षण व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।
भिडियो: सेतोपाटीबाट





