समाज

    प्रेस काउन्सिलद्वारा कर्मचारीको माग

    नवलपुर टुडे
    २०८० बैशाख २९ | बिहान ०७:०१ बजे

      काठमाडौँ । नेपाल प्रेस काउन्सिलमा जागिर खुलेको छ । अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो । 

      आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । 

      जसअनुसार अधिकृत (प्रशासन) छौठौमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

        कमेन्टहरु