समाचार, समाज

    जन्मदिनमा पत्रकार दुबेले गरे बिपन्न परिवारलाई सहयोग

    रंजित चौरसिया
    २०८० बैशाख २८ | मध्यान्ह ११:०१ बजे

      वीरगंज २८ बैशाख । पत्रकार उमेश दुबेले आफ्नो जन्मदिनको शुभ अवसरमा एक गरिब असहाय परिवारलाई सहयोग गर्नु भएको छ ।

      सामाजिक परिवर्तन केन्द्र बाराका संवाद सहजकर्ता, ग्लोवल टिभी एचडीका बारा, पर्सा र रौतहट ब्यूरो प्रमुख, जनगुनासो दैनिक तथा शुभ आरम्भ दैनिकका कार्यकारी सम्पादक उमेश दुबेले आफ्नो जन्मदिनको अवसरमा फेटा गाउँपालिका वडा नं १ भलुही टोल बस्ने विपन्न परिवारका जोखन रामको छोरीको हुन लागेको शुभ बिबाहमा आर्थिक सहयोग गरेका हुन् ।

      अधिकांश व्यक्तिहरुले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाठमा ठुलो–ठुलो भोज गरी मनाउछन् । तर दुबले सो भोज गर्नुका साटो एक बिपन्न परिवारलाई सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा स्थानियहरुले धन्यबाद दिएका छन् ।
      पत्रकार दुबले यो भन्दा अगाडि फेटा १ भलुहि निवासी लिबरमा समस्या भए पछि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका एक व्यक्तिलाई अस्पतालमै पुगेर आर्थिक सहयोग गरेका थिए । बिगत समयमा पनि गरिब असहायलाई सहयोग गर्दै आउनुभएकामा स्थानियवासीहरुले बधाई दिएका छन् ।

        कमेन्टहरु