परराष्ट्र मन्त्री साउद शुक्रबार बंगलादेश जाँदै

नवलपुर टुडे
२०८० बैशाख २८ | मध्यान्ह ०६:०१ बजे

काठमाडौं, वैशाख २८ । परराष्ट्र मन्त्री एनपी साउद भोलि (शुक्रबार) बंगलादेश जानेका भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ढाकामा हुने इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन उनी बंगलादेश जान लागेका हुन् ।
मन्त्री साउदले शनिबार कन्फरेन्सलाई सम्बोधन गर्ने बताइएको छ । कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन् । भुटान, बहराइन, सिंगापुरबाट परराष्ट्र मन्त्री आउने छन् ।
ढाका रहँदा मन्त्री साउद बंगलादेशका उच्च सरकारी अधिकारीसँगै कन्फरेन्समा आएका विभिन्न देशका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।





